फिल्ममा पनि राजनीति – राम्रो चलिरहँदा दिमाग खराबको प्रदर्शन रोकियो

नेपालभ्युज

फिल्ममा पनि राजनीति – राम्रो चलिरहँदा दिमाग खराबको प्रदर्शन रोकियो

काठमाडौं । नेपालमा राम्रो चलिरहेको फिल्म ’दिमाग खराब’को प्रदर्शन रोकिएको छ ।

सिनेमा हल सञ्चालकसँग दुईवटा माग राखेर चलचित्रका निर्माता र निर्देशकले प्रदर्शन रोक्ने निर्णय लिएको जानकारी गराएका छन् ।

उनीहरूले आफूहरूका माग पूरा नभएसम्म चलचित्र प्रदर्शन रोक्ने बताएका छन् ।

उनीहरूले दिनप्रतिदिन दर्शकहरू बढिरहँदा पनि हलहरूले शो नदिएको गुनासो गरेका छन् ।

अर्कोतिर चलचित्र निर्माता र हल सञ्चालकबीच हुने सेयर बाँडफाँटलाई लिएर पनि उनीहरूले आपत्ति जनाएका छन् ।

“विदेशी चलचित्रलाई बिना तर्क प्रशस्तै शोहरू दिने र दर्शकको अत्यधिक चासो भएको र दर्शकहरूले हेर्न खोजेका नेपाली चलचित्रलाई पनि आवश्यक शो नदिने प्रचलन पुरानै हो । पहिलो र दोस्रो हप्ता निर्माता र हल सञ्चालकमा हुने सेयर बाँडफाँड ५०–५० प्रतिशत हुन्छ । तर, तेस्रो हप्तादेखि निर्मातालाई ३५ प्रतिशत र प्रदर्शकलाई ६५ प्रतिशत सेयर बाँडिने कुरा पनि हामीले जाहेर गर्दछौँ । र, यो अन्यायपूर्ण व्यवहार निरन्तर जारी रहेको हुनाले हामीले प्रतिवाद गर्ने निर्णय गरेका छौँ,“ चलचित्र दिमाग खराबका निर्माता रौनक विक्रम कँडेल र निर्देशक निश्चल बस्नेतले सामूहिकरूपमा जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।

उनीहरूले आफूहरूका माग पूरा नभएसम्म चलचित्र प्रदर्शन रोक्ने बताएका छन् ।

“हामीले चाहेको समान व्यवहार हो र जबसम्म विदेशी चलचित्र र नेपाली चलचित्रलाई बराबर शो प्रदान गरिँदैन र फिल्म प्रदर्शन भइरहुन्जेल बराबरी सेयर बाँडफाँट हुँदैन तबसम्मका लागि नेपालमा चलचित्र प्रदर्शन रोक्ने निर्णय गरेका छौँ । समान व्यवहार भए सिनेमा हलमै प्रदर्शन गर्ने छौँ नभए अरू कुनै माध्यमबाट हाम्रो सिनेमा दिमाग खराब दर्शकहरूलाई देखाउने छौँ भन्ने प्रतिबद्धता पनि व्यक्त गर्दछौँ,“ विज्ञप्तिमा भनिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved