विश्वकप क्रिकेट : भारतले न्यूजिल्यान्डलाई दियो ३९८ रनको लक्ष्य, विराट र श्रेयसको शतक

नेपालभ्युज

विश्वकप क्रिकेट : भारतले न्यूजिल्यान्डलाई दियो ३९८ रनको लक्ष्य, विराट र श्रेयसको शतक

काठमाडौं। एकदिवसीय विश्वकप क्रिकेटको पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्यान्डलाई ३९८ रनको लक्ष्य दिएको छ ।

मुम्बईंस्थित वानखेडे स्टेडियममा जारी खेलमा पहिले ब्याटिङ गरेको घरेलु टोलीले पूरै ओभर खेलेर ४ विकेटको क्षतिमा ३९७ रन बनाएको हो ।

भारतको लागि विराट कोहली र श्रेयस अय्यरले शतकीय पारी खेले। विराटले ११३ बलमा ९ चौका र २ छक्का प्रहार गर्दै ११७ रन बनाए । यससँगै भारतको लागि विराटको ५०औं शतक पूरा भएको छ ।

श्रेयसले भने ७० बलमा ४ चौका र ८ छक्का प्रहार गर्दै १०५ रन बनाए। केएल राहुल ३९ र शुभम गील ८० रनमा अविजित रहे । कप्तान रोहित शर्माले भने ४७ रनको योगदान गरे ।

न्यूजिल्यान्डको लागि टिम साउथीले ३ विकेट लिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved