टिकटक बन्द गर्ने निर्णयको चौतर्फी विरोध भएपछि प्रधानमन्त्री रक्षात्मक, भन्छन्–सबै दलको सहमति थियो

नेपालभ्युज

टिकटक बन्द गर्ने निर्णयको चौतर्फी विरोध भएपछि प्रधानमन्त्री रक्षात्मक, भन्छन्–सबै दलको सहमति थियो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सबै दलको सहमतिमा नै आफूहरूले टिकटक बन्द गर्ने निर्णय गरेको दाबी गरेका छन् । सरकारले हिजो टिकटक बन्द गर्ने निर्णय गरेसँगै विरोध भइरहेको छ।

चौतर्फी विरोध भएपछि रक्षात्मक बनेका प्रचण्डले सबै दलको सहमतिमा नै आफूहरूले यो निर्णय लिएको दाबी गरे ।

नेपाल संवतको अवसरमा आज (मंगलबार) भक्तपुरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् । उनले अन्य लोकतान्त्रिक तथा विकसित मुलुकहरूको समेत अभ्यास हेरेर यो निर्णय गरिएको सुनाए ।

उनले भने,‘समाजमा विसङ्गति विकृति अराजकता फैलाउने,राज्यलाई जिम्मेवारीबाट अगाडि बढ्न रोक्ने खालका प्रवृत्ति कसरी नियन्त्रण गर्ने भनेर लामो छलफलपछि देशभित्रका सबै राजनीतिक दल सत्तापक्ष,प्रतिपक्ष सबैको सहमतिपछि अन्तर्राष्ट्रियरुपमा सबैभन्दा लोकतान्त्रिक विकसित देशले कस्तो मान्यता विकास गरेका छन् भन्ने पनि हेरेर सामाजिक सद्भाव,पारिवारिक एकता खलबल हुनबाट बचाउने उद्देश्यले निर्णय गरिएको हो । यसमा बहस हुँदै जालजा,पक्ष विपक्षमा कुरा आउलान् तर सरकारको उद्देश्य समाजलाई विकृति विसङ्गति र अराजकता फैलाउनेहरूबाट रोक्ने र नियमन गर्ने हो । रोक्न मिल्नेलाई रोक्ने, नियमन गर्न मिल्नेलाई नियमन गर्दै जाने हो ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved