टिकटकलाई प्रतिबन्ध लगाउनु लोकतान्त्रिक आस्थामाथि नै प्रत्युत्पादक हुनसक्छ : बाबुराम भट्टराई

नेपालभ्युज

टिकटकलाई प्रतिबन्ध लगाउनु लोकतान्त्रिक आस्थामाथि नै प्रत्युत्पादक हुनसक्छ : बाबुराम भट्टराई
फाइल फोटो

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले सरकारले टिकटक बन्द  गर्न गरेको निर्णय उपयुक्त नभएको बताएका छन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका डा भट्टराईले एक ट्वीट सन्देश मार्फत एउटा प्लेटफर्मलाई नियमन गर्नुको साटो बन्द गर्नु उपयुक्त नभएको बताएका हुन्।

उनले लेखेका छन्, ‘सरकारले एक्कासी एउटा प्लेटफर्म टिकटक लाई मात्र प्रतिबन्ध लगाउनु कुनै पनि हिसाबले उपयुक्त देखिन्न। यसले सरकारको लोकतान्त्रिक आस्था र प्रतिबद्धतामाथि नै गम्भीर प्रश्न उठाउन सक्छ र प्रत्युत्पादक हुनसक्छ।’

उनले सुरुमा कुनै पनि प्रकारको प्रविधिको दुरुपयोग हुने र त्यसलाई राज्य/समाजले विधिसम्मत ढंगले नियमन गर्ने र विधिको पालन नभएमा विधिसम्मत ढंगले नै दण्डित गर्ने स्थापित लोकतान्त्रिक पद्धति भएकोमा नेपालमा पनि केही समयदेखि सामाजिक सन्जाललाई कतिपय प्रतिगामी,अराजक,उच्छृंखल व्यक्ति/समूहले दुरूपयोग गरेको टिप्पणी गरेका छन् ।

राज्यले उपयुक्त कानून/नियम बनाएर तिनलाई नियमन गर्ने र व्यापक जनमत निर्माण गर्ने काम पहिले गर्नुपर्नेमा बन्द गर्न उचित नभएको उनले दाबी गरेका छन् ।

सरकारले तुरून्त यो गल्ती सच्याउनुपर्ने र समाजिक सञ्जाल दुरुपयोग गर्ने प्रतिगामी र असामाजिक तत्वहरूलाई निरूत्साहित गर्ने वैकल्पिक लोकतान्त्रिक विधि अपनाउन समेत उनले  माग गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved