विश्वकप क्रिकेट : भारत समूह चरणका सबै ९ खेलमा विजयी

नेपालभ्युज

विश्वकप क्रिकेट : भारत समूह चरणका सबै ९ खेलमा विजयी

काठमाडौं । भारतले एकदिवसीय विश्वकपमा समूह चरणका सबै ९ खेलमै जित हासिल गरेको छ । समूह चरणको अन्तिम खेलमा भारतले नेदरल्यान्ड्सलाई १ सय ६० रनले हरायो ।

४ सय ११ रनको विशाल लक्ष्य पछ्याएको नेदरल्यान्ड्स ४७.५ ओभरमा २ सय ५० रन बनाएर अल आउट भयो । नेदरल्यान्ड्सका तेजा निडामानुरुले सर्वाधिक ५४ र साइब्रांड एंगेलब्रेक्टले ४५ रन बनाए ।

भारतका कुलदीप यादव, रवीन्द्र जडेजा, जस्प्रित बुमराह र मोहम्मद शिराजले २-२ तथा विराट कोहली र रोहित शर्माले एक एक विकेट लिए ।

त्यसअघि बेंगलोरमा पहिला ब्याटिङ गरेको भारतले ४ विकेट गुमाउँदै ४ सय १० रन बनाएको थियो । विश्वकपमा भारतको यो अहिलेसम्मकै ठूलो स्कोर हो ।

श्रेयस ऐयरले अविजित १ सय २८ तथा लोकेश राहुलले ६४ बलमा १ सय २ रन बनाए । रोहित शर्मा र शुभमन गिललेअर्धशतक बनाएका थिए ।

भारत ९ खेलमा १८ अंकसहित शीर्षस्थानमा रह्यो । ७ खेल जितेको दक्षिण अफ्रिका १४ अंकका साथ दोस्रो स्थानमा रह्यो । अष्ट्रेलिया तेस्रो र न्युजिल्यान्ड चौथो बने ।

सेमिफाइनलमा भारत र न्युजिल्यान्ड तथा अष्ट्रेलिया र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved