जिल्ला प्रशासनको आग्रह- चाडपर्वमा शान्तिसुरक्षामा असर पुग्ने गतिविधि नगर्नू

नेपालभ्युज

जिल्ला प्रशासनको आग्रह- चाडपर्वमा शान्तिसुरक्षामा असर पुग्ने गतिविधि नगर्नू

सुदूरपश्चिम । जिल्ला प्रशासन कार्यालय कैलालीले चाडपर्व मनाउँदा समाजको संस्कृति, परम्परा, मर्यादा र अनुसाशन विपरीत शान्तिसुरक्षा प्रभावित हुने गरी अवाञ्छित गतिविधि नगर्न\नगराउन आग्रह गरेको छ ।

सो कार्यालयद्वारा जारी सार्वजनिक सूचनामा चाडपर्व मनाउँदा पटाका, अतसबाजी जस्ता प्रज्वलनशील एवं विस्फोटक पदार्थको उत्पादन, ओसारपसार, बिक्री वितरण तथा प्रयोग नगर्न÷नगराउन आग्रह गरिएको हो ।

साथै मादक पदार्थ सेवन गरी पर्वको समयमा सार्वजनिक स्थलमा होहल्ला झैझगडा गरी शान्तिसुरक्षालाई असर पार्ने गतिविधि नगर्न र देउसी, भैलो राति ९बजेसम्म मात्र खेल्न तथा यस्ता कार्यक्रम गर्दा सार्वजनिक यातायात र जनजीवनलाई असर पर्ने गतिविधि नगर्न/नगराउनसमेत आग्रह गरिएको छ । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved