दार्चुलामा विद्यालयको भवन निर्माणमा भारतको सहयोग

नेपालभ्युज

दार्चुलामा विद्यालयको भवन निर्माणमा भारतको सहयोग

काठमाडौं । भारत सरकारको सहयोगमा दार्चुलाको व्यास गाउँपालिकामा विद्यालयको भवन बन्ने भएको छ ।

शुक्रबार गाउँपालिकाका अध्यक्ष मंगलसिंह धामी र नेपालस्थित भारतीय राजदूतावासका द्वितीय सचिव प्रशान्त कुमार सोनाले हिमालय माध्यमिक विद्यालयको विद्यालय भवनको शिलान्यास गरेका छन् ।

उक्त विद्यालय निर्माण गर्न भारत सरकारले २ करोड ८२ लाख आर्थिक सहयोग गरेको छ ।

साथै, ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत ३ करोड ३७ लाख रूपैयाँ लागतमा निर्माण भएको जिल्लाकै दुहुँ गाउँपालिकास्थित जनविकास माध्यमिक विद्यालयको विद्यालय भवनको उद्घाटन भएको छ ।

उक्त कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी, विद्यालय व्यवस्थापनका प्रतिनिधि, शिक्षकरशिक्षिका, अभिभावक तथा विद्यार्थीहरूको पनि उपस्थिति रहेको थियो ।

सन् २००३ यता भारतले नेपालका विभिन्न क्षेत्रमा ५५१ वटा भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाएको छ र ४८९ वटा परियोजना सम्पन्न गरिसकेको छ ।

यी मध्ये सुदूरपश्चिम प्रदेशका विभिन्न क्षेत्रमा ४० वटा परियोजना रहेका छन् जसमा १० वटा परियोजना दार्चुलामा छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved