कञ्चनपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इजरायलबाट अपहरणमा परेका विद्यार्थी विपिन जोशीको रिहाइका लागि आवाश्यक पहल भइरहेको बताएका छन् ।
प्यालेस्टाइनी विद्रोही समूह हमासको नियन्त्रणमा रहेका भनिएका सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थी जोशीको रिहाइका लागि आवाश्यक पहल भइरहेको प्रधानमन्त्रीले दाबी गरेका हुन् ।
आइतबार सुदूरपश्चिम विश्वविद्यालयको चौँथो दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।
असोज तेस्रो साता प्यालेस्टाइनी विद्रोही समूहको आक्रमणमा परी १० जना विद्यार्थीको मृत्यु भएको थियो । त्यही बेलादेखि विपिन विद्रोही समूहको नियन्त्रणमा रहेको भनिएको छ ।
उनैको रिहाइको लागी कतारी राजा अमिरको आसन्न नेपाल भ्रमणका क्रममा पनि यो विषयलाई प्राथमिकताका साथ उठाउने प्रधानमन्त्री प्रचण्डले आश्वासन दिए ।
उनले भने, ‘कतारका राजा अमिरको नेपाल भ्रमणमा विपिनको रिहाइका लागि आवश्यक पहल गरिदिन कतारी राजासमक्ष प्रमुख रुपमा कुरा राखिनेछ । आजै बिहान कुवेतको एक टेलिभिजनलाई अन्तरवार्ता दिँदा पनि मैले विपिनको रिहाइका लागि कतारले खेल्न सक्ने भूमिकाबारे उल्लेख गरेको छु ।’
विश्वविद्यालयको चौँथो दीक्षान्त समारोहमा १३ सय ३६ विद्यार्थी दीक्षित भएका छन् ।
Facebook Comment
Comment