मुख्यमन्त्री सोडारीको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट

नेपालभ्युज

मुख्यमन्त्री सोडारीको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ ।

नागरिक उन्मुक्ति पार्टी (नाउपा) का सांसद लक्ष्मणकिशोर चौधरीले मुख्यमन्त्री सोडारीको नियुक्तिविरुद्ध रिट दायर गरेका हुन् ।

चौधरीले पनि बहुमत पुर्‍याएर मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । उनले नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नाउपाको रेशम चौधरी पक्षको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।

त्यही दिन केन्द्रीय गठबन्धनमा रहेका दलहरू नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) सहित एक स्वतन्त्र सांसदको समर्थनमा नाउपाकै रञ्जिता श्रेष्ठ चौधरीको पक्षीय सांसद कैलाश कार्कीले पनि दाबी पेस गरेका थिए ।

यसपछि मुख्यमन्त्री नजिर मियाँले दुवै दाबी अस्वीकृत गरेर दुई दिनभित्र पुन: दाबी पेस गर्नु भनेका थिए । त्यसअनुरूप दाबी पेस गरेर सोडारी मुख्यमन्त्री बनेका हुन् ।

यसपछि चौधरी आफूसँग बहुमत हुँदाहुँदै आफ्नो दाबी अस्वीकृत गरेको भन्दै रिट लिएर अदालत पुगेका हुन् । रिटले उनले आफूलाई मुख्यमन्त्री नियुक्त गर्नुपर्ने जिकिर गरेका छन् ।

राप्रपाकी खेमादेवी विष्टको समर्थनसमेत पेस गरेको अवस्थामा दाबी पेस गर्न दुई दिन समय थप्नु गैरसंवैधानिक भएको उनको दाबी छ । ‘‘नेपालको संविधानको धारा १६८ (२) बमोजिम निवेदकलाई मुख्यमन्त्री पदमा नियुक्त गरी सरकार गठन गर्न दिनुपर्ने संवैधानिक कर्तव्य भएका विपक्षी प्रदेश प्रमुखज्यू सो बाट च्यूत भई मलाई सो अवसरबाट जवरजस्त वञ्चित गरी,” उनले भनेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved