सर्वोच्चद्वारा सुदूरपश्चिम सरकार विरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

नेपालभ्युज

सर्वोच्चद्वारा सुदूरपश्चिम सरकार विरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार
फाइल तस्वीर

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारविरुद्ध नागरिक उन्मुक्ति पार्टीका सांसद लक्ष्मणकिशोर चौधरीले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले सुनुवाइपछि कारण देखाउ जारी गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

सुदूरपश्चिम प्रदेशमा बहुमतसहित मुख्यमन्त्री दाबी गरेका लक्ष्मणकिशोरको प्रस्ताव प्रदेश प्रमुख नजिर मियाँले रद्द गरी पुनः संविधानको धारा १६८(२) कै सरकार गठनका लागि आह्वान गरेका थिए ।

लक्ष्मणकिशोरले दाबी नपुगेको भन्ने प्रदेश प्रमुखको निर्णय खारेज गरी आफूलाई मुख्यमन्त्री नियुक्त गर्नका लागि अन्तरिम आदेश माग गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved