सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले लिए शपथ

नेपालभ्युज

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले लिए शपथ

काठमाडौं । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री दीर्घ सोडारीले पद तथा गोपनीयताको शपथ लिएका छन् । मुख्यमन्त्री सोडारीलाई  बिहीबार साँझ प्रदेश प्रमुख नजिर मियाँले पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नाउपा (रञ्जिता पक्ष), समाजवादी र स्वतन्त्र सांसदको समर्थनमा सोडारी बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

नाउपाका  रेशम चौधरी पक्षका पाँचजना सांसदहरूले  प्रदेश प्रमुखलाई पत्र बुझाउँदै मुख्यमन्त्री सोडारीलाई आफ्नो समर्थन नरहेको बताएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved