भारतले नेदरल्यान्ड्सलाई दियो ४११ रनको लक्ष्य, श्रेयस र राहुलको शतक

नेपालभ्युज

भारतले नेदरल्यान्ड्सलाई दियो ४११ रनको लक्ष्य, श्रेयस र राहुलको शतक

काठमार्डाैं। एकदिवसीय विश्वकप क्रिकेटमा भारतले नेदरल्यान्ड्सलाई ४११ रनको लक्ष्य दिएको छ।

भारतको बैंगलोरमा जारी खेलमा पहिले व्याटिङ गरेको घरेलु टोलीले पूरै ओभर खेलेर ४ विकेटको क्षतिमा ४१० रन बनाएको हो।

भारतको लागि श्रेयस अय्यर र केएल राहुलले शतकीय पारी खेले। उनले ९४ बलमा १० चौका र ५ छक्का प्रहार गर्दै १२८ रनमा अविजित रहे। राहुलले ६४ बलमा ११ चौका ४ छक्का प्रहार गर्दै १०२ रन बनाए।

कप्तान रोहित शर्माले ६१ तथा शुभम गील र विराट कोहलीले ५१–५१ रन बनाए।

नेदरल्यान्ड्सको लागि बास डे लीडेले २ तथा पाल भ्यान मिकरेन र रोलफ भ्यान डेर मर्वीले १–१ विकेट लिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved