विधेयक निर्माणप्रति मन्त्रीहरू नै गम्भीर नभएको राष्ट्रियसभा अध्यक्षको आरोप

नेपालभ्युज

विधेयक निर्माणप्रति मन्त्रीहरू नै गम्भीर नभएको राष्ट्रियसभा अध्यक्षको आरोप

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विधेयक पारित गर्नका लागि मन्त्रीहरू गम्भीर नभएको आरोप लगाएका छन् ।

न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै अध्यक्ष तिमिल्सिनाले मन्त्रीहरुले विधेयक ल्याउनका लागि चासो नै नदेखाएको आरोप लगाएका हुन् ।

संसद र समितिमा विधेयकको सम्बन्धमा छलफल भइरहँदा पनि मन्त्रीहरु अनुपस्थित हुने गरेको उनको भनाइ छ । ‘यसबाट मन्त्रीहरुमा विधेयकप्रति कुनै गम्भीरता नभएको स्पष्ट हुन्छ’, उनले भने ।

अध्यक्ष तिमिल्सिनाले विधेयकलाई गुणस्तरीय बनाउनका लागि मस्यौदा बनाउँदादेखि नै ध्यान दिनुपर्ने बताए ।

राजनीतिक दलहरुले पनि आफ्ना सांसदहरुलाई विधेयक निर्माण गर्ने सन्दर्भमा प्रशिक्षित गर्नुपर्ने उनको भनाइ छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved