नेकपा एसले सदनको गतिरोध अन्त्यका लागि पहल गर्ने

नेपालभ्युज

नेकपा एसले सदनको गतिरोध अन्त्यका लागि पहल गर्ने

काठमाडौं । सदनको गतिरोध अन्त्यका लागि नेकपा एकीकृत समाजवादीले पहल गर्ने भएको छ ।

बिहीबार बसेको सो पार्टीको सचिवालय बैठकले गतिरोध अन्त्यका लागि प्रधानमन्त्री, गृहमन्त्री तथा कांग्रेससँग छलफल गर्ने निर्णय गरेको एक नेताले जानकारी दिए ।

सहकारीमा जम्मा गरिएको रकम हिनामिनामा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने संलग्न भएको र त्यसको छानबिनका लागि संसदीय समिति गठन हुनुपर्ने अडान राख्दै कांग्रेसले संसद अवरोध गर्दै आएको छ ।

एमाले र रास्वपाले भने लामिछानेको नाम उल्लेख गरेर समिति गठन गर्न अस्वीकार गर्दै आएका छन् ।

दुई दलबीच फरकफरक अडान कायमै रहँदा समितिको कार्यादेश (टीओआर) मा सहमति गर्न गठन गरिएको कार्यदलले पनि निष्कर्ष निकाल्न सकेको छैन ।

कार्यदलको बैठक बिहीबार पनि बसेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved