जनार्दन शर्माको प्रष्टोक्ति- राहत कब्जा गरेको छैन, यथार्थलाई तोडमोड गरी समाचार आयो

काठमाडौंबाट जाजरकोट पठाइएको तीन सय थान सोलार प्यानल बोकेको ट्रकलाई बीच बाटोबाटै कब्जा गर्दै रुकुम पश्चिम पठाएर संवेदनहीन राजनीति गरेको भन्दै विभिन्न मिडियामा समाचार प्रकाशन भएपछि शर्माले यथार्थतालाई तोडमोड गरी समाचार प्रकाशन गरिएको आरोप लगाएका हुन् ।

नेपालभ्युज

जनार्दन शर्माको प्रष्टोक्ति- राहत कब्जा गरेको छैन, यथार्थलाई तोडमोड गरी समाचार आयो

काठमाडौं। भूकम्पको केन्द्र जाजरकोटका लागि पठाइएको राहत आफूले बाटोबाटै कब्जा गरेर रुकुम पश्चिम नपठाएको पूर्वअर्थमन्त्री जनार्दन शर्माले स्पष्ट पारेका छन् ।

काठमाडौंबाट जाजरकोट पठाइएको तीन सय थान सोलार प्यानल बोकेको ट्रकलाई बीच बाटोबाटै कब्जा गर्दै रुकुम पश्चिम पठाएर संवेदनहीन राजनीति गरेको भन्दै विभिन्न मिडियामा समाचार प्रकाशन भएपछि शर्माले यथार्थतालाई तोडमोड गरी समाचार प्रकाशन गरिएको आरोप लगाएका हुन् ।

नेता शर्माको निर्देशनमा राहत बोकेको ट्रक बाटोबाटै कब्जा गरी अर्को जिल्ला पठाइएको स्थानीय जनप्रतिनिधिहरूले बताएका थिए । साही आधारमा समाचार प्रकाशन भएको थियो ।

तर, शर्माले भने फेसबुकमा लेख्दै तथ्य र यर्थाथतालाई तोडमोड गरी एकतर्फी ढङ्गबाट समाचार प्रकाशन भएको जिकिर गरेका छन् ।

उनले भनेका छन्, ‘‘जाजरकोट र रुकुम पश्चिम क्षेत्रमा भूकम्प गएको भोली पल्टदेखीनै म यस क्षेत्रको एउटा जिम्मेवार राजनीतिकर्मीको रूपमा स्थानीय निकायलगायत सरोकारवाला सबैसँग हातेमालो गर्दे अहोरात्र खटिरहेको यस्तो विपत्कालीन संवेदनशील घडीमा एउटा जिम्मेवार प्रकाशन गृहले कुत्सित नियतका साथ तथ्य र यथार्थतालाई तोडमोड गरी एकतर्फी ढङ्गबाट समाचार प्रकाशन गरिनु अत्यन्त खेदजनक रहेको ब्यहोरा सबैमा जानकारीका लागी अनुरोध छ। साथै यस्ता गलत र भ्रामक समाचार प्रकाशन नगर्न \  नगराउन सम्बन्धित सबैमा ध्यानाकर्षण गराउन चाहन्छु।’’

शुक्रबार मध्यरात जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पले जाजरकोट र रुकुम पश्चिममा सबैभन्दा बढी मानवीय र भौतिक क्षति भएको थियो । लगतै शर्मा आफ्नो निर्वाचन क्षेत्रमा छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved