विश्वकप क्रिकेट

वर्षाले प्रभावित खेलमा पाकिस्तानले न्युजिल्याण्डलाई हरायो, सेमिफाइनलको आशा जिवितै

दक्षिण अफ्रिका पनि सेमिफाइनलमा

नेपालभ्युज

वर्षाले प्रभावित खेलमा पाकिस्तानले न्युजिल्याण्डलाई हरायो, सेमिफाइनलको आशा जिवितै

काठमाडौं । वर्षाले प्रभावित खेलमा न्युजिल्याण्डलाई हराउँदै पाकिस्तानले एकदिवसीय विश्वकप क्रिकेटको सेमिफाइनल प्रवेश गर्ने सम्भावना कायमै राखेको छ ।

वर्षाले पटक-पटक अवरुद्ध भएको खेलमा पाकिस्तानले न्युजिल्याण्डलाई डिएल मेथडका आधारमा २१ रनले हराएको हो ।

४०२ रनको लक्ष्य पछ्याएको पाकिस्तानले २५.३ ओभरमा १ विकेट क्षतिमा २०० रन बनाउँदा वर्षाले खेल रोकिएको थियो । त्यसअघि खेल रोकिँदा पाकिस्तानले ४१ ओभरमा ३४२ रनको लक्ष्य पाएको थियो ।

दोस्रो पटक पनि खेल सम्भव नभएपछि पाकिस्तानलाई फाइदा भयो र महत्वपूर्ण २ अंक बटुल्यो ।

पाकिस्तानको जितमा ओपनर फकर जमानले ८१ बलमा अविजित १२६ रन बनाए । उनले ११ छक्का र ८ चौका प्रहार गरेका थिए ।

बाबर आजम ६३ बलमा ६६ रन बनाएर अविजित रहे । त्यसअघि न्युजिल्याण्डले पुरै ओभर खेलेर ६ विकेट क्षतिमा ४०१ रनको विशाल स्कोर बनाएको थियो । रचिन रवीन्द्रले ९४ बलमा १०८ रन बनाएका थिए ।

जितपछि पाकिस्तान ८ अंकसहित तालिकाकाको पाँचौ स्थानमा उक्लिएको छ । उसले अब १ खेल मात्रै खेल्न बाँकी छ ।

पाकिस्तानको जितसँगै दक्षिण अफ्रिका पनि सेमिफाइनलमा पुगेको छ । १२ अंक भएको दक्षिण अफ्रिका दोस्रो स्थानमा छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved