भूकम्पमा मृत्यु हुनेको संख्या १४३ पुग्यो, १६६ जना घाइते

नेपालभ्युज

भूकम्पमा मृत्यु हुनेको संख्या १४३ पुग्यो, १६६ जना घाइते

काठमाडौं । जाजरकोट भूकम्पमा परी मृत्यु हुनेको संख्या १४३ पुगेको छ भने १६६ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार भूकम्पका कारण जाजरकोटमा १०५ जना र रुकुम पश्चिममा ३८ जनाको मृत्यु भएको छ ।

त्यस्तै जाजरकोटमा ८१ जना र रुकुमपश्चिममा ८५ जना घाइते भएका छन् ।

घाइतेमध्ये केहीलाई उपचारका लागि नेपालगञ्ज र सुर्खेत ल्याइएको छ । रुकुमपश्चिमका सात जनालाई भने काठमाडौं ल्याइएको छ ।

शुक्रबार राथि ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटको बारेकोट गाउँपालिका केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved