आममाफीको विषयमा अदालतले गरेको निर्णय स्वागतयोग्य : गगन थापा

नेपालभ्युज

आममाफीको विषयमा अदालतले गरेको निर्णय स्वागतयोग्य : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आममाफीको विषयलाई लिएर अदालतले गरेको निर्णय स्वागतयोग्य भएको बताएका छन् । बिहीबार सर्वोच्च अदालतले योगराज ढकाल रिगललाई सरकारले दिएको कैद मिनाहा बदर गर्ने  फैसला गरेसँगै थापाले सामाजिक संजालमार्फत यस्तो बताएका हुन् ।

प्रतिनिधिसभाका सांसद समेत रहेका थापाले बिहीबार साँझ फेसबुकमा एक सन्देश शेयर गर्दै  मुद्दाको अन्तिम किनारा, पीडितको हक लगायतका विषयमा सर्वोच्च अदालतले फेरि बोलेको बताएका छन् ।

‘यस्तो अवस्था आएको पहिलो पटक होइन। कानुनको छिद्र प्रयोग गरेर पटक पटक यस खालका घटनाहरू दोहोरिने गरेका छन्। आम माफीका घटना आउँदा त्यसको विरोध गर्ने, घटना सेलाउँदै गए पछि बिर्सिने प्रवृत्तिलाई अब फेरि दोहोरिन दिनु हुँदैन, उनले फेसबुकमा लेखेका छन् ।’

यस सम्बन्धमा जे-जसरी आम माफी दिने गरिएको छ त्यसले यो प्रणालीमै प्रश्न उठ्ने गरेको बताउँदै उनले  यसमा मुद्दाको अन्तिम किनारा गर्नुमा न्यायपालिकाको भूमिका र पीडितको न्यायको विषयको आधारमा यो प्रणालीमै पुनर्विचार गर्नुपर्ने तर्क गरेका छन् ।

उनले लेखेका छन् ‘अब हामी अलमलिने वा यो विषयलाई नजरअन्दाज गर्ने भन्ने नै हुँदैन, आम माफीसँग सम्बन्धित सम्पूर्ण कानुनलाई एकीकृत गरेर व्याख्या गरौँ र कानुनी छिद्रहरू टालौँ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved