दमका लक्षण र यसबाट बच्ने उपाय

नेपालभ्युज

दमका लक्षण र यसबाट बच्ने उपाय

दमका लक्षण

  • स्वास फेर्ने क्रममा धर धर आवाज आउनु
  • स्वास बढ्नु
  • छातीमा अफ्ठेरो हुनु
  • लगातार खोकी लाग्नु
  • मुटुको धड्कन बढ्नु
  • बेहोशी जस्तो महसुस हुनु
  • थकान
  • रिंगटा लाग्नु
  • ओंठ तथा औला निला हुनु

चिसोमा किन बढ्छ दम

चिसो हावाले रुखोपन बढाउँछ, नाकमा म्युकस हुने गर्छ जसले भित्रको छालालाई नरम बनाउँछ । जब हामी चिसो हावामा स्वास लिन्छौं, उक्त म्युकस सुक्ने गर्छ जसले गर्दा नाकमा भित्र सुन्निने समस्या आउँछ ।

यसले गर्दा दमका रोगीलाई समस्या उत्पन्न हुन्छ । साथै जाडोमा संक्रमण पनि बढी हुन्छन् जस्तै, रुघाखोकी, फ्लू, चिसो जस्तो स्वासप्रस्वाससँग जोडिने खतरा बढ्छ साथै दममा समस्या आउँछ ।

चिसोमा दमबाट बच्ने उपाय

  • दमबाट बच्न त्यस्ता चिजबाट टाढा रहने जसले गर्दा यो बढ्ने गर्दछ ।
  • रुघाखोकी तथा फ्लू जस्ता स्वासप्रस्वाससँग जोडिएका संक्रमणको खतरा चिसो मौसममा बढि हुन्छ जसले दमलाई झनै बढाउन सक्छ । त्यसैले फोक्सोलाई स्वस्थ राख्न हरेक वर्ष फ्लुको भ्याक्सिन लगाउने गर्नुहोस् ।
  • समस्या बढी भएमा डाक्टरसँग सल्लाह लिने र औषधिको सेवन पनि समयमा गर्ने ।
  • छिटो आराम हुने औषधि तथा इनहेलरलाई सधैँ आफ्नो साथमा राख्ने ।

यसमा दिइएको जानकारी विभिन्न अध्ययनबाट गरिएको सल्लाहको रुपमा लिनुहोला । साथै अन्य धेरै समस्या भएमा डाक्टरको सल्लाह लिन नभुल्नुहोला ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved