कोशी प्रदेश सभाको बैठक बस्दै

नेपालभ्युज

कोशी प्रदेश सभाको बैठक बस्दै

काठमाडौं । कोशी प्रदेश सभाको बैठक आज बोलाइएको छ । बैठक दिउँसो २ बजे बस्ने छ । आज बस्ने बैठकमा ‘कोशी प्रदेश विनियोजन विधेयक, २०८१ को सिद्धान्त र प्राथमिकता’ माथि छलफल हुने कार्यसूची छ ।

विधेयकको सिद्धान्त र प्राथमकितामाथि सांसदले धारणा राख्ने र सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची रहेको कोशी प्रदेशसभा सचिवालयले जनाएको छ ।

आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले संसदमा सिद्धान्त र प्राथमिकता पेश गरेका थिए । आजको बैठकमा पनि नेपाली कांग्रेसका सांसदले बैठक बहिस्कार गर्ने बताएका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved