गिरीबन्धु टी स्टेटले भन्यो,- स्थानीयको दबाब भयो, सबै दलको सहमति लिएर बगान सार्न खोजेका हौँ

नेपालभ्युज

गिरीबन्धु टी स्टेटले भन्यो,- स्थानीयको दबाब  भयो, सबै दलको सहमति लिएर बगान सार्न खोजेका हौँ

काठमाडौं । झापामा रहेको गिरीबन्धु टी स्टेट प्रालिले पछिल्ला प्रकरणको विषयमा ७ बुँदे प्रष्टीकरण जारी गर्दै स्थानीय जनताको दबाबले बगान सार्न खोजिएको बताएको छ । बुधबार पत्रकार सम्मेलन गरी गिरीबन्धु टी स्टेटले बगान सार्न सबै दलको सहमति भएको समेत दाबी गरेको छ ।

पछिल्ला समयमा विभिन्न टीकाटिप्पणी गरी भ्रम छरिएको भन्दै आफ्नो स्पष्टीकरण पेस गरेको गिरीबन्धु टी स्टेटले पत्रकार सम्मेलनमार्फत् भनेको छ, ‘‘बिर्तामोड बजारको तीव्र विकास र विस्तार चिया बगान क्षेत्रमा फोहोर मैला फाल्ने भएको, चियाका बुट्टाहरू काटी दाउराको रुपमा लैजाने गरेको, आत्मा हत्याको प्रकरण हुने गरेकोजस्ता समस्याका कारण सबै दलको सहमतिमा बगान सार्न खोजिएको हो ।’’

यी अवस्था र परिस्थितिको कारण त्यस क्षेत्रबाट चिया बगान हटाउन निरन्तर जन दबाब आएको समेत बताएको छ ।

‘‘स्थानीय जनतासँग राजनीतिक दलका स्थानीय प्रतिनिधिहरू समेतको रोहबरमा छलफल हुँदा चिया बगान कायम राख्न तीव्र विरोध आएको कारण उक्त क्षेत्रबाट चिया बगान हटाउनु नै उपयुक्त हुने टुङ्गोमा पुगेर नै उपयुक्त ठाउँमा चिया बगानको व्यवस्था गर्ने गरी, जग्गा सट्टा–पट्टाको लागी निवेदन गरिएको हो’’, विज्ञप्तिमा उल्ले छ ।

गिरीबन्धु टी स्टेटले विभिन्न अफवाह, भ्रम र राजनीतिक खिचातानीको विषय नबनाइदिन पनि अनुरोध गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved