झापाको शिवसताक्षीमा आमा झुन्डिएको र दुई बच्चा खाटमा मृत फेला

नेपालभ्युज

झापाको शिवसताक्षीमा आमा झुन्डिएको र दुई बच्चा खाटमा मृत फेला
प्रतीकात्मक तस्वीर ।

काठमाडौं । झापामा दुई जना बच्चा र आमा मृत फेला परेका छन् ।

शुक्रबार बिहान शिवसताक्षी नगरपालिका–३ स्थित एक घरमा दुई जना बच्चा र आमा मृत फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय झापाका एसपी मिलन केसीका अनुसार आमा अन्जली बेस्रा, उनका ७ वर्षीय जेठा छोरा विशाल र कान्छा छोरा २ वर्षीय आयुष मृत फेला परेका छन् ।

आमा झुन्डिएको अवस्थामा फेला परेकी हुन् । विशाल र आयुष बेडमा मृत भेटिएका हुन् ।

घटनास्थलमा वाकवाकी गरिएको समेत देखिएको छ । विषादीको गन्ध आइरहेको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved