इजरायलको हवाई हमलाका कारण शरणार्थी शिविरमा रहेका ५० प्यालेस्टेनीको मृत्यु, मारिनेमा अधिकांश महिला र बालबालिका

नेपालभ्युज

इजरायलको हवाई हमलाका कारण शरणार्थी शिविरमा रहेका ५० प्यालेस्टेनीको मृत्यु, मारिनेमा अधिकांश महिला र बालबालिका

काठमाडौं । इजरायलले हमासमाथि अहिलेसम्मकै सबै भन्दा लामो दुरीको हवाई हमला गरेको छ । इजरायली हमलाका कारण गाजाको रफाह नजिकैको शरणार्थी शिविरमा रहेका ५० प्यालेस्टेनीको मृत्यु भएको छ ।

अन्य दर्जनौं घाइते भएका छन् । विस्थापित प्यालेस्टिनीले शरण लिदै आएको रफाहको उत्तर–पश्चिममा रहेको शिविरमा इजरायलले आक्रमण गरेको हमासले बताएको छ ।

ज्यान गुमाउने अधिकांश महिला र बालबालिका छन् । संयुक्त राष्ट्रसंघका अनुसार रफाहबाट ८ लाखभन्दा बढी प्यालेस्टिनी विस्थापित भएका छन् ।

गत अक्टोबर यता भएको इजरायली हमलाका कारण अहिलेसम्म करिब ३६ हजार प्यालेस्टेनी नागरिकले ज्यान गुमाइसकेका छन् । हमासले रफाहबाट तेल अबिवतर्फ आठ वटा रकेट प्रहार गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved