के हो ‘रेमल’ चक्रवात ? गर्मीले आहत नेपालीलाई भने राहत

नेपालभ्युज

के हो ‘रेमल’ चक्रवात ? गर्मीले आहत नेपालीलाई भने राहत

काठमाडौं । बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणाली शनिबार साँझ नै चक्रवातमा परिणत भई शक्तिशाली चक्रवात बनेको छ ।

सोही चक्रवातको नाम ‘रेमल’ राखिएको छ । यो चक्रवात भारतको पश्चिम बंगाल तथा बंगलादेशको तटीय क्षेत्रतर्फ अगाडि बढिरहेकोे छ ।

रेमल आँधी प्रतिघण्टा १ सय ३५ किलोमिटरका दरले अघि बढिरहेको एनडीटिभीले जनाएको छ ।

चक्रवात अगाडि बढ्दै जाँदा बंगलादेश र पश्चिम बंगालमा चेतावनी जारी गरिएको छ । चक्रवाती आँधी आज राती बंगलादेश र पश्चिम बंगालको तटीय क्षेत्रमा पुगेको छ । रेमलको प्रभावले बंगलादेश र पश्चिम बंगालका तटीय क्षेत्रमा हावाहुरीसहित अहिले वर्षा भइरहेको छ ।

रेमल आँधीका कारण आइतबार दिउँसोदेखि अर्को २१ घण्टासम्म पश्चिम बंगालका विमान स्थलमा उडानहरू रद्द गरिएका छन् ।

रेमलका कारण कोलकाता र दक्षिण बंगालको सडक तथा रेल यातायात समेत प्रभावित भएको छ । राहत र उद्दारका लागि कोलकाता प्रशासनले १५ हजार कर्मचारी परिचालन गरेको छ ।

नेपालमा भने रेमलको सिधा प्रभाव नपर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  रेमल चक्रवात नेपालको पूर्वी भूभागभन्दा बाहिर नै भएर बहने छ । यसको बाहिरी घेराका केही बादलमात्र नेपालसम्म आइपुग्ने छन् जसका कारण चक्रवातको अप्रत्यक्ष प्रभाव मात्रै पर्ने छ ।

यसको अप्रत्यक्ष असरले नेपालका कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधारणतयादेखि पूर्ण बदली रही वर्षा हुनेछ । वर्षाका कारण गर्मीबाट आहात भएका तराईका सर्वसाधारणले राहत महशुस गर्ने छन् ।

त्यस्तै, रेमलका कारण उत्तर बिहारका अधिकांश सहरका मानिसहरूले पनि गर्मीबाट राहत पाउने छन् ।

भारतको मौसम विभागले पश्चिम बंगाल, ओडिशा र लगभग सबै उत्तरपूर्वी राज्यहरूमा भारी वर्षा हुने जनाएको छ । रेमलको प्रभाव यी राज्यहरूमा आगामी दुई दिनसम्म रहने बताइएको छ ।

हेर्नुहोस् तस्वीरमा :-


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved