लगातार उकालो लागेको नेप्सेमा दोहोरो अंकको गिरावट, होटेल र पर्यटनमा झुम्मिए लगानीकर्ता 

नेपालभ्युज

लगातार उकालो लागेको नेप्सेमा दोहोरो अंकको गिरावट, होटेल र पर्यटनमा झुम्मिए लगानीकर्ता 

काठमाडौं । लगातार उकालो लाग्दै आइरहेको सेयर बजार साताको कारोबारको पहिलो दिन नै दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक २२ दशमलव १४ अंकले घटेर २१०९ दशमलव ३४ को विन्दुमा पुगेको छ ।

आइतबार ३१५ कम्पनीका ७० हजार ५ सय ८६ पटकको कारोबारमा १ करोड १० लाख ४४ हजार ४ सय ८५ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम भने ४ अर्ब ४४ करोड १५ लाख ३८ हजार ४ सय ७१ रुपैयाँ रहेको छ ।

त्यस्तै, आज क वर्गको कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव ४४ अंकले घटेर ३७९ दशमलव २३ को विन्दुमा पुगेको छ । आज २९ वटा कम्पनीको सेयर भ्यालु बढेको छ भने २१५ वटाको घटेको छ । त्यस्तै, ३ वटाको स्थिर रहेको छ ।

१३ वटा उपसमूहमध्ये २ वटा बढेको छ भने ११ वटा घटेको छ । सबैभन्दा धेरै घट्नेमा निर्जीवन बीमा कम्पनी रहेको छ । जसको परिसूचक १११ दशमलव ४० अंकले घटेको छ । त्यस्तै, बीमा कम्पनीले ८३ दशमलव ४५ अंकले गुमाएको छ भने माईक्रोफाइनान्स कम्पनीहरूले ८१ दशमलव ६९ अंकले गुमाएको छ ।

बैंकिङ समूहले १० दशमलव ४९ अंकले गुमाएको छ भने विकास बैंकले ४८ दशमलव ६४, फाइनान्सले ४७ दशमलव ४१, हाइड्रोपावरले ४० दशमलव ७६ अंकले गुमाएको छ ।

त्यस्तै, आइतबार होटेल एन्ड पर्यटनमा लगानीकर्ता झुम्मिएका छन् । जुन १७७ दशमलव ६४ अंकले बढेको छ । त्यस्तै, म्यानुअल फन्ड सामान्य अंकले बढेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved