शिक्षामन्त्रीले माग पुरा गर्ने वचन दिएपछि चपाईंले अन्त्य गरे आन्दोलन

नेपालभ्युज

शिक्षामन्त्रीले माग पुरा गर्ने वचन दिएपछि चपाईंले अन्त्य गरे आन्दोलन

काठमाडौं । शिक्षासम्बन्धी विभिन्न माग राखेर १२ दिनदेखि माइतीघरमा उभिएर प्रदर्शन गरिरहेका नेपाल समाजवादी विद्यार्थी युनियनका अध्यक्ष नेत्र चपाईंले सहमतिपछि आन्दोलन अन्त्य गरेका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठसँग आइतबार सहमति भएपछि चपाईंले प्रदर्शन अन्त्य गरेका हुन् । उनले राखेका ५ वटा माग आगामी आर्थिक वर्षदेखि विषय विज्ञसँग छलफल गरेर पूरा गर्न मन्त्री श्रेष्ठले सहमती जनाएको बताइएको छ ।

चपाईंले सरकारसँग ईसीडीको तह तोक्ने, बालविकास तहलाई पनि विद्यालय तहमा समावेश गर्ने, आगामी बजेटमा शिक्षकको तलब बढाउने, विद्यार्थीको खाजा रकम पनि बढाउने लगायतका माग राखेका थिए ।

यी सबै माग पुरा गर्न मन्त्री श्रेष्ठले सहमति जनाएकाले आफूले आन्दोलन अन्त्य गरेको चपाईंले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved