संसदीय छानबिन समितिको ‘टीओआर’ मा सहमति जुटाउन शीर्ष नेताको बैठक बस्दै

नेपालभ्युज

संसदीय छानबिन समितिको ‘टीओआर’ मा सहमति जुटाउन शीर्ष नेताको बैठक बस्दै

काठमाडौं । सहकारी ठगी छानबिनका लागि गठन गरिने संसदीय समितिको कार्यादेश टीओआरमा सहमति खोज्न आज शीर्ष नेतृत्वको बैठक बस्ने भएको छ । बैठक बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ ।

हिजो बस्न नसकेको शीर्ष नेताको बैठक आज बस्न लागेको हो । बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेता सहभागी हुनेछन् ।

कार्यदलमा अहिलेसम्म भएका सहमति र टुंग्याउन बाँकी रहेका विषयमा शीर्ष नेतृत्वले सहमति खोज्ने बताइएको छ । यसअघि बसेको कार्यदलको बैठकमा ऋण दिने सहकारी संस्था र ऋण लिने कम्पनीको नाम उल्लेख गर्ने सहमति भएको थियो । नेपाली कांग्रेसले भने कम्पनीको नाम भन्दा पनि व्यक्तिको नाम किटान गर्नु पर्ने बताउदै आएको छ ।

कांग्रेसले गोरखा मिडिया नेटवर्कमा लगानी गर्ने सहकारीको नाम तोक्ने तथा नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक तथा गृहमन्त्री रवि लामिछानेको नाम तोकेरै संसदीय छानबिन समिति बनाउनुपर्ने अडान राख्दै आएको छ ।

सत्तापक्षले भने नाम उल्लेख गर्न नमानेपछि संसदीय छानबिन समिति गठनको प्रक्रिया अघि बढ्न सकेको छैन । जसका कारण नेपाली कांग्रेसले संसद अवरोध गर्दै आएको छ । यहि माग गर्दै कांग्रेसले हिजो काठमाडौंमा विरोध प्रदर्शन समेत गरेको थियो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved