नाबालिकालाई यौन क्रियाकलापमा लगाएको आरोपमा २ जना पक्राउ

नेपालभ्युज

नाबालिकालाई यौन क्रियाकलापमा लगाएको आरोपमा २ जना पक्राउ

काठमाडौं । नाबालिकालाई यौन क्रियाकलापमा लगाएको आरोपमा प्रहरीले २ महिलालाई पक्राउ  गरेको छ ।

पक्राउ पर्नेमा दोलखाको जिरी नगरपालिका-९ बस्‍ने २५ वर्षीया मञ्जु भनिने श्रृजना तामाङ घिसिङ र नुवाकोटको बलकोटगढी नगरपालिका–४ बस्‍ने २६ वर्षीया निशा भनिने रमिला नेपाली रहेको प्रहरीले जनाएको छ  ।

उनीहरुलाई मानव बेचबखिचन अनुसन्धान ब्यूरोको टोलीले मित्रपार्कबाट पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानमा उनीहरुले दैनिक ५ देखि १५ जना ग्राहकसँग यौन सम्पर्क गर्न लगाई रेष्टुरेन्ट सञ्चालकले रकम उठाउने गरेको खुल्न आएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved