चितवनमा ४ वटा सवारी साधन एकैपटक ठोक्किए, एक युवकको मृत्यु

नेपालभ्युज

चितवनमा ४ वटा सवारी साधन एकैपटक ठोक्किए, एक युवकको मृत्यु
तस्वीर: मुग्लिङ बजार

काठमाडौं । नारायणगढ–मुग्लिङ सडक खण्डस्थित चितवनको सत्र किलोमा भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ । गएराति चारवटा सवारी साधन एकैठाउँमा ठोक्किएका थिए । दुर्घटनामा अन्य २३ जना घाइते भएका छन् ।

घाइतेमध्ये सात जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । काठमाडौँबाट प्युठान जाँदै गरेको बस, नारायणगढबाट मुग्लिनतर्फ आउँदै गरेकोे ट्रक, काठमाडौँबाट महोत्तरीको बर्दिवासतर्फ जाँदै गरेको बस र वीरगन्जबाट काठमाडौँतर्फ आउँदै गरेको बस एकै ठाउँमा ठोक्किएका थिए ।

काठमाडौंबाट प्युठानतर्फ जाँदै गरेको बस र ट्रक सुरुमा ठोक्किएपछि अन्य सवारी साधनहरु पनि त्यहीँ ठोक्किएका थिए ।

दुर्घटनामा ज्यान गुमाउने युवकको परिचय खुलेको छैन । दुर्घटनामा गम्भीर घाइते युवकको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । चारवटै सवारी साधनका चालक पनि घाइते भएका छन् । घाइतेहरुको चितवनका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved