विश्वकप क्रिकेटमा पाकिस्तानले बंगलादेशलाई हरायो, सेमिफाइनलको झिनो सम्भावना कायमै

नेपालभ्युज

विश्वकप क्रिकेटमा पाकिस्तानले बंगलादेशलाई हरायो, सेमिफाइनलको झिनो सम्भावना कायमै

काठमाडौं । एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानले बंगलादेशलाई ७ विकेटले हराएको छ ।

जितपछि पाकिस्तानको सेमिफाइनल पुग्ने झिनो सम्भावना कायमै छ । ७ खेलबाट ६ अंक जोडेको पाकिस्तान दुई खेल बाँकी रहँदा पाँचौ स्थानमा छ ।

बंगलादेश भने औपचारिक रुपमै विश्वकपबाट बाहिरिएको छ । उसको ७ खेलबाट जम्मा २ अंक छ ।

२०५ रनको लक्ष्य पाकिस्तानले १०५ बल अगाडी ३ विकेट गुमाएर पुरा गरेको हो । उसका लागि ओपनर फकर जमानले ८१ र अब्दुल्लाह सफिकले ६८ रन बनाए ।

पाकिस्तानका तीन वटै विकेट मेहदी हसनले लिएका थिए ।

पहिले ब्याटिङ गरेको बंगलादेश ४५.१ ओभरमा २०४ रन बनाएर अलआउट भएको थियो । बंगलादेशका महमुदुल्लाहले ५६, लिटन दासले ४५ र सकिब अल हसनले ४३ रन बनाए ।

पाकिस्तानका शाहीन शाह अफ्रिदी र मोहम्मद वसिमले ३-३  तथा हरिश रौफले २ विकेट लिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved