मुगु हत्याकाण्ड : प्रहरी भन्छ, ‘हत्याराबारे केही ‘क्लु’ फेला पारेका छौं’

मुगु हत्याकाण्ड : प्रहरी भन्छ, ‘हत्याराबारे केही ‘क्लु’ फेला पारेका छौं’

सुर्खेत । शनिबार तीन सन्तानसहित आमाको हत्या प्रकरणमा प्रहरीले केही ‘क्लु’ पत्ता लगाएको जनाएको छ ।

कुकुरसहित परिचालित प्रहरी अहिले घटना भएको स्थान छायाँनाथ रारा नगरपालिका–६ मन्दु गाउँमा छ । अनुसन्धानको क्रममा केही क्लु पत्ता लगाएको प्रहरीले जनाएको हो ।

अहिले प्रहरीले महत्वपूर्ण क्लु फेला पारिसकेको भएपनि अनुसन्धान भने जारी राखेको मुगुका प्रहरी प्रमुख वीरेन्द्र थापाले बताए ।

‘हामीले महत्वपूर्ण क्लु भेटाएका छौं । हामी अहिले शंका लागेकालाई सोधपुछ गर्ने देखि नियन्त्रणमा लैजानेसम्मका काममा लागेका छौं ।’ उनले भने, ‘घटनामा संलग्नताको पुष्टी भएपछि थप जानकारी दिनेछौं ।’

अहिले अनुसन्धानमै रहेका कारण कसलाई र कति जनालाई नियन्त्रणमा लिइएको छ भनेर भन्न नमिल्ने पनि उनले बताए ।

मन्दु गाउँमा २६ वर्षीया श्रीदेवी बोहरा, उनका ११ वर्षीय छोरा मनोज, ९ वर्षीया छोरी अप्सरा र आठ महिनाका छोरा रहरको हत्या भएको थियो ।

मुगु घटना : अनुसन्धानका लागि विशेष टोली परिचालन

मुगुमा तीन बालबालिकासहित एकै परिवारका चार जना मृत फेला


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved