मुगु घटना : अनुसन्धानका लागि विशेष टोली परिचालन

नेपालभ्युज

मुगु घटना : अनुसन्धानका लागि विशेष टोली परिचालन
सांकेतिक तस्वीर।

मुगु । सामूहिक हत्याको आशङ्का गरिएको घटनाबारे अनुसन्धान गर्न कर्णाली प्रदेश प्रहरीको विशेष टोली आज बेलुका घटनास्थलतिर लागेको छ ।

जिल्लाको छायाँनाथ रारा नगरपालिका ६ स्थित मन्दु गाउँमा एकै परिवारका चारजना मृत अवस्थामा फेला परेका थिए ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक भीम ढकालकाअनुसार घटनाको अनुसन्धानका लागि जुम्लाबाट एक र सुर्खेतबाट दुई टोली मुगुतर्फ हिँडेको छ ।

मन्दु गाउँमा २६ वर्षीया श्रीदेवी बोहरा, ११ वर्षीय छोरा मनोज, ९ वर्षीया छोरी अप्सरा र आठ महिनाका छोरा रहर मृत अवस्थामा फेला परेका थिए ।

घटनास्थल जिल्ला सदरमुकाम गमगढीबाट दक्षिण पूर्वमा रहेको छ । हत्याको आशंका गरिएका चारैजनाको शव परीक्षणका लागि जिल्ला अस्पतालमा ल्याइएको छ ।

मृतकका श्रीमान् वैदेशिक रोजगारीमा रहेको बताइएको छ । प्रारम्भिक अनुसन्धानअनुसार मृतक श्रीदेवी छोराछोरीसहित यही कात्तिक ७ गते बिहान दसैंको टीका थाप्न सोही वडा स्थित कोटिल्ला माइत गएकी थिइन् । यही कात्तिक ८ गते बेलुका घर फर्केका उनीहरूको सोही राति हत्या भएको आशंका गरिएको छ ।

छिमेकीले कात्तिक ९ गते बिहानदेखि श्रीदेवीको घरमा ताला लगाएको देखेपछि बिहानै सिमी टिप्न खेत तिर गएका होलान् भन्ने अनुमान लगाएका थिए ।

तर, छिमेकीले आज बिहान १० बजेतिर ढोकाको ताला फोडेर भित्र हेर्दा चारै जना मृत भेटिएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved