मुगुमा तीन बालबालिकासहित एकै परिवारका चार जना मृत फेला

नेपालभ्युज

मुगुमा तीन बालबालिकासहित एकै परिवारका चार जना मृत फेला
सांकेतिक तस्वीर।

सुर्खेत । मुगुमा तीन बालबालिकासहित चार जना मृत अवस्थामा फेला परेका छन् । छायाँनाथ रारा नगरपालिका ६ को मन्दुमा एकै परिवारका ४ जनाको शव फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार २८ वर्षीया श्रीदेवी बोहरा, उनका ११ वर्षीय छोरा मनोज, ९ वर्षकी छोरी अप्सरा र ८ महिने छोरा रहर मृत अवस्थामा भेटिएका हुन् ।

अहिले घटनाको अनुसन्धान गर्नका लागि डिएसपी वीरेन्द्र थापाको टोली घटनास्थल पुगेको छ ।

थापाका अनुसार श्रीदेवीसहित घटनास्थल रक्ताम्मे देखिएकाले उनीहरूको हत्या भएको प्रारम्भिक अनुमान छ । श्रीदेवीका श्रीमान् रोजगारीको सिलसिलामा कतारमा छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved