बागमती सरकार ढाल्नेबारे छलफल सुरु भएको गगन थापाको खुलासा

नेपालभ्युज

बागमती सरकार ढाल्नेबारे छलफल सुरु भएको गगन थापाको खुलासा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले माओवादीका शालिकराम जम्मकट्टेल नेतृत्वको बागमती सरकार ढाल्नेबारे कुराकानी भएको खुलासा गरेका छन् ।

बिहीबार प्रेस युनियन काठमाडौंले आयोजना गरेको दसैँ शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो खुलासा गरेका हुन् ।

‘आज बिहान बागमती प्रदेशका चारजना सांसद मलाई भेट्न आउनुभएको थियो । हाम्रो पक्षका १२, १३ जना सांसद छौं । माओवादीको सरकार ढालौं भन्नुभयो’, उनले भने, ‘हामी सबैभन्दा ठूलो पार्टी हो, हामी माओवादीलाई मान्दैनौं भन्ने कुरा उहाँहरुको थियो ।’

बागमतीमा नेपाली कांग्रेसका ३८ सांसद छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved