इजरायलका अस्पतालमा पनि भेटिएनन् विपिन, कता हराए ? 

हमास समूहको आक्रमणमा परेर सम्पर्कविहीन कञ्चनपुरको महेन्द्रनगरका विपिन जोशी अझै भेटिएका छैनन्। इजरायलस्थित नेपाली दूतावासले खोजी जारी राखेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

नेपालभ्युज

इजरायलका अस्पतालमा पनि भेटिएनन् विपिन, कता हराए ? 

काठमाडौं। हमास समूहको आक्रमणमा परेर सम्पर्कविहीन कञ्चनपुरको महेन्द्रनगरका विपिन जोशी अझै भेटिएका छैनन्। इजरायलस्थित नेपाली दूतावासले खोजी जारी राखेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

केही बेरअघि पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले भनिन्, ‘‘आक्रमणपछि हराएका विपिन भेटिएका छैनन्। अस्पतालमा पनि भेटिएनन्। खोजी जारी छ’’ उनले भनिन्।

सकुशल उद्धार गरिएका विपिनसँगै बस्ने विद्यार्थीलाई साथमा लगेर दूतावासले विभिन्न अस्पतालमा खोजी गरिरहेको जनाएको छ। विपिनलाई हमासले लग्यो कि ? कता हराए  भन्ने यकिन भएको छैन।

६ जना घाइते भएकामध्ये २ जना अस्पतालबाट डिस्चार्ज भएको र अवस्था सामान्य रहेको बताइएको छ।

बुधबार बिहान परराष्ट्र मन्त्रालयलाई अस्पतालहरूमा खोजी गर्दा विपिन फेला नपरेको र खोजीका लागि इजरायली प्रहरीको सहयोग मागिएको जानकारी गराएको छ।

गत भदौ अन्तिम साता ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत विपिन इजरायल गएका थिए। उनीसँगै इजरायल गएका अन्य १० नेपाली विद्यार्थीको भने हमासको आक्रमणमा मृत्यु भइसकेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved