टिआरपीका लागि पाँच दिन अघि बिग बोसका प्रतियोगी परिवर्तन !

नेपालभ्युज

टिआरपीका लागि पाँच दिन अघि बिग बोसका प्रतियोगी परिवर्तन !

एजेन्सी । सलमान खानको विवादास्पद रियालिटी शो बिग बोस १७ सुरु हुन केही दिन मात्र बाँकी छ । यो शो सलमान खानले १५ अक्टुबरमा लिएर आउँदैछन् । यसअघि जस्तै यसपटकको सीजन पनि केही फरक छ ।

यस शोमा स्टार कपल्सको पनि इन्ट्री हुँदैछ । यो सबै निर्माताले टिआरपीका लागि गरिरहेका छन् । त्यस्तै अब निर्माताले सुरु हुनुभन्दा केही दिन पहिले मात्र प्रतियोगीको लिस्ट हेरफेर गरेका छन् । लिस्टमा केहीको नाम काटिएको छ भने केही नयाँ कलाकार थपिएको रिपोर्ट आएका छन् ।

फिरोजा खान

फिरोजा खान बिग बोस ओटीटी २ का कन्टेस्टेन्ट रहेका जेड हदीदकी गर्लफ्रेन्ड रहिसकेकी छन् । मिडिया रिपोर्टअनुसार फिरोजालाई बिग बोसमा ल्याउन सम्पर्क गरिएको छ । अब उनी यस शोमा आउन तयारी गरिरहेकी छन् ।

कीर्ति मेहरा

बिग बोस १७ मा अब कीर्ति मेहराको नाम पनि जोडिएको छ, जो एल्विश यादवकी भूतपूर्व गर्लफ्रेन्ड हुन् । हालै उनले एउटा भिडियो शेयर गरेकी थिइन् जसमा १५ अक्टुबरका दिन उनले एउटा सप्राइज दिँदैछिन् । उनी पनि बिग बोस १७ मा प्रवेश गर्ने दाबी गरिएको छ ।

ममता कुलकर्णी

बिग बोस १७ मा नयाँ कन्टेस्टेन्टका बीच ममता कुलकर्णीको नामले सबैभन्दा हैरान पारेको छ । भनिएको छ कि निर्माताले उनलाई सम्पर्क गरिसकेका छन् । उनी बलिउडमा कमब्याक गर्न यो शोमा आउँदै छिन् । उनी लामो समयदेखि बलिउडबाट बाहिर छन् ।

सागर पारेख

सागर पारेख लामो समयदेखि टीवी सीरियल अनुपमामा देखिइरहेका थिए । तर अचानक उनको शोमा भूमिका सकिएको छ । बिग बोसका निर्माताले सागर पारेखलाई प्रस्ताव गरेका छन् । अभिनेता पनि यस शोमा आउन चाहन्छन् ।
सनी आर्या

सनी आर्या एक चर्चित भारतीय यूट्यूबर हुन् । रिपोर्टमा भनिएको छ कि उनी बिग बोस १७ मा सहभागी हुन मुम्बई आएका छन् । उनलाई पनि अन्तिम चरणमा यस शोमा लिइएको बताइएको छ ।

अंकिता लोखन्डे र विक्की जैन

बिग बोस १७ मा अंकिता लोखन्डे र विक्की जैन पनि देखिँदैछन् । यस शो मा आउन दुवैले तयारी गरिरहेका छन् । केही दिनअघि उनीहरुले यस शोमा आउनका लागि शपिंग पनि गरिसकेको समाचार आएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved