भाइरल हुन अश्लील डान्सर बनेका बद्री विष्टलाई कुटिन् युवतीले

नेपालभ्युज

भाइरल हुन अश्लील डान्सर बनेका बद्री विष्टलाई कुटिन् युवतीले

काठमाडौं। सामाजिक सञ्जालमा भाइरल हुन अश्लील डान्सलगायत विभिन्न हर्कत गरेका विवादित कोरियोग्राफर÷डान्सर बद्री विष्ट एक युवतीबाट कुटिएका छन्। उनले जसलाई कुर्सीमा राखेर अश्लील डान्सलगायत विभिन्न हर्कत गर्दै आएका थिए, उनै युवतीबाट कुटिएका भिडिओ भाइरल छ।

केही महिना अगाडि बद्रीले एक युवतीसँग ‘चेयर डान्स’ भन्दै अश्लील भागभंगीमासहित भिडिओ बनाएका थिए। तिनै मोडेल भनिएकी रीतु बस्नेतले बद्रीलाई हातपात गरेकी हुन्।

रीतुले आफूलाई जबरजस्ती मदिरा सेवन गराइ भिडिओ बनाएको आरोप लगाएकी छिन्।
पछि बद्रीले उक्त भिडिओका लागि माफी मागेका थिए।

अहिले सार्वजनिक भएको भिडिओ क्लिपमा एक रेस्टुरेन्टभित्र बसिरहेका बद्रीलाई रीतुले थर्काउँदै पिटेको देख्न सकिन्छ।
फेसबुकमा सार्वजनिक भएको ५५ सेकेन्डको भिडिओमा घटनाको वास्तविकता खुलेको छैन ।
बद्री यसअघि अर्की एक युवतीसँगको विवादमा पक्राउ परेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved