भूकम्पमा घाइते भएकाहरूको उपचार सुदूरपश्चिम सरकारले गर्ने

भूकम्पमा एकको मुत्यु २७ घाइते

नेपालभ्युज

भूकम्पमा घाइते भएकाहरूको उपचार सुदूरपश्चिम सरकारले गर्ने

धनगढी । मंगलबार बझाङको जयपृथ्वी नगरपालिका केन्द्र भएर आएको भूकम्पमा घाइते भएकाहरूको उपचार सुदूरपश्चिम प्रदेश सरकारले गर्ने भएको छ ।

बुधबार मुख्यमन्त्री कार्यालयमा मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा भएको खुला छलफलमा मुख्यमन्त्री शाहले भूकम्पका घाइतेको सम्पूर्ण उपचार खर्च प्रदेश सरकरले व्यहोर्ने बताएका हुन् ।

सुदूरपश्चिम प्रदेशमा भूकम्पका कारण २७ जना घाइते भएका छन् । सुदूरपश्चिमको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार प्रदेशमा बुधबार बिहानसम्म २७ जना घाइते भएका छन् ।

बझाङमा भूकम्पबाट एक जनाको ज्यान समेत गएको छ । ज्यान गुमाउनेमा जयपृथ्वी नगरपालिका–११ ओखलकी ४० वर्षीया गुनमति धामी रहेकी छिन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक दिपेश चौधरीका अनुसार मङ्गलबार गएको भूकम्पपछिको पहिरोमा परेर धामीको मृत्यु भएको हो ।

मङ्गलबार गएको भुकम्पमा प्रदेशको बझाङमा सबैभन्दा बढी क्षति भएको छ । बझाङमा १८ जना घाइते भएका छन् । यस्तै, अछाममा पाँच जना, र बैतडी तथा बाजुरामा समान २ र २ जना घाइते भएका प्रदेशको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ । यस्तै भूकम्पले बझाङ, बाजुरा, अछाम र बैतडीमा ७६ वटा निजी घर पूर्ण रूपमा भत्किएको र ३०१ घरमा आशिंक क्षति पुगेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

बुधबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा भएको छलफलमा घाइतेको उपचार प्रदेश सरकारले गर्ने, उद्धार, खोज र प्रभावितहरूलाई आवश्यक राहर सामग्री एकद्वार प्रणालीमा वितरण गर्ने निष्कर्ष निकालिएको छ । खोज, उद्धार र राहत वितरणको सम्पूर्ण जिम्मेवार प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायको समन्वयमा गर्ने मुख्यमन्त्री कमलबहादुर शाहले बताए ।

मुख्यमन्त्री शाहको अध्यक्षतामा भएको खुला छलफलमा, सभामुख भीमबहादुर भण्डारी, भौतिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवा, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रमेशसिंह धामी, राज्यमन्त्री गीतादेवी माल, प्रमुख सचिव नारायणप्रसाद शर्मा दुवाडी, नेपाली सेनाका सुदूरपश्चिम पृतनापति, नेपाल प्रहरीका सुदूरपश्चिम प्रदेश प्रमुख, प्रहरी नायव महानिरीक्षक भरतबहादुर बोहरा, सशस्त्र प्रहरी बलका प्रदेश प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेको सहभागिता रहेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved