यी बलिउड कलाकार जसले बिग बोसमा जान अश्वीकार गरे

नेपालभ्युज

यी बलिउड कलाकार जसले बिग बोसमा जान अश्वीकार गरे

एजेन्सी । बिग बोस १७ छिट्टै सुरु हुँदैछ । यसैसँगै बिग बोसमा सहभागी हुन कोको आउँदैछन् भन्ने पनि चर्चा पनि भइरहेको छ ।

साथमा अर्को चर्चाको विषय बिग बोसमा जान विभिन्न समयमा बलिउड कलाकारले अश्विकार गर्ने गरेका छन् । आज जानौं बलिउडका कलाकार जसले बिग बोसको आग्रहलाई नकारेका थिए ।

नेहा धुपिया

नेहा धुपियालाई बिग बोसमा आउनका लागि कैयौं पटक आग्रह गरिएको छ तर उनले हरेकपटक त्यसलाई अश्वीकार गरेकी छन् ।

उदय चोपडा

उदय चोपडाको भनाईअनुसार उनलाई बिग बोस हेर्न त एकदमै मन पर्छ । तर सहभागी हुनका लागि आएको अफर भने हरेक पटक अस्वीकार गर्छन् ।

जैकी श्राफ

त्यस्तै जैकी श्राफलाई पनि बिग बोस सीजन ६ मा अफर आएको थियो । उनले त्यतिबेला बिग बोसमा जान अस्वीकार गरेका थिए ।

फैसल खान

अभिनेता आमिर खानका भाई फैसल खानलाई पनि सलमान खानले बिग बोसका लागि अफर गरेका थिए । जसलाई उनले अस्वीकार गरे ।

हनी सिंह

गायक हनी सिंहलाई पनि बिग बोसबाट अफर आएको थियो । तर उनले मागेअनुसारको रकम नदिँदा उनले जान अस्वीकार गरेका थिए ।

सुरविन चावला

अभिनेत्री सुरविर चावलालाई बिग बोसबाट लगातार ६ पटकसम्म अफर आएको थियो । तर उनले हरेकपटक अस्वीकार गरिन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved