विभिन्न तेलको प्रयोगले दाद हुन्छ कम

नेपालभ्युज

विभिन्न तेलको प्रयोगले दाद हुन्छ कम

एजेन्सी । गर्मी तथा वर्षातको मौसममा दाद, घाउखटिरा, चिलाउने, आदि समस्या आम हुन्छ । यस्तो समस्याले बच्चाहरू अझ बढी ग्रस्त हुने गर्छन् । किनकि, उनीहरूको छाला एकदमै संवेदनशील हुन्छ । यसका लागि तपाईं घरमै केही तेलहरुको नियमित प्रयोगले यस्तो समस्या कम गराउन सक्नुहुन्छ ।

खासगरी गर्मी तथा वर्षातको मौसममा शरीरमा पसिना आउँछ जसले ब्याक्टेरिया बन्न थाल्छन् । यो शरीरमा फैलिएर फंगल इन्फेक्सन र दादको कारण बन्न जान्छ ।
दाद र चिलाउने समस्याबाट राहत पाउनका लागि टी ट्री आयलको प्रयोग गर्न सकिन्छ । यसमा पाइने गुणले ब्याक्टेरिया तथा फंगल इन्फेक्सनलाई कम गरेर दादबाट राहत दिन्छ ।

त्यस्तै, नरिवलको तेल पनि यस्तो समस्यामा एकदमै प्रभावकारी हुन्छ । यसमा एन्टिब्याक्टेरियल र एन्टिफंगल गुण हुन्छन्, जसले ब्याक्टेरियालाई मारेर दादको समस्याबाट राहत दिन्छ । अर्को छ लेमनग्रास तेल । यो अनुहारको संक्रमण तथा फंगसहरूलाई कम गर्न प्रभावकारी हुन्छ । यसलाई लगाउँदा दाद तथा चिलाउने जस्तो समस्या कम हुन्छ । यसका लागि तपाईं नरिवल तथा टी ट्री तेलसँग मिसाएर पनि लगाउन सक्नुहुन्छ ।

यस्तो चिलाउने तथा दादको समस्यामा ओरेगानोको तेल पनि एकदमै प्रभावकारी हुन्छ । यसले छालामा हुने संक्रमणलाई कम गर्छ र शरीरका अन्य हिस्सामा भएको समस्यालाई पनि यसको प्रयोगले निको पार्न सकिन्छ । थोरै मात्रामा यो तेलले संक्रमण भएको ठाउँमा लगाउनुहोस् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved