अष्ट्रेलियाले भारतलाई हरायो, म्याक्सवेलको उत्कृष्ट प्रदर्शन

नेपालभ्युज

अष्ट्रेलियाले भारतलाई हरायो, म्याक्सवेलको उत्कृष्ट प्रदर्शन

काठमाडौं। तेस्रो तथा अन्तिम एकदिवसीय क्रिकेटमा अष्ट्रेलियाले भारतलाई ६६ रनले हराएको छ ।

राजकोटमा जितको लागि ३ सय ५३ रनको विशाल विजयी लक्ष्य पछ्याएको भारत २ बल बाँकी छँदै ओभरमा २ सय ८६ रनमा अल आउट भयो ।

भारतका ओपनर तथा कप्तान रोहित शर्माले सर्वाधिक ८१ रन तथा विराट कोहली ५६ रन बनाए । अष्ट्रेलियाका ग्लेन म्याक्सवेलले १० ओभरमा ४० रन खर्चेर सर्वाधिक ४ विकेट लिए । जोश हेजलवुडले २ तथा मिचेल स्टार्क, प्याट कमिन्स, क्यामरन ग्रीन र तनविर संघाले समान एक विकेट लिए ।

त्यसअघि राजकोटमा टस जितेर पहिला ब्याटिङ रोजेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३ सय ५२ रन बनाएको थियो । अष्ट्रेलियाको जितमा ओपनर मिचेल मार्शले सर्वाधिक ९६ रन बनाए ।

भारतका तीव्र गतिका बलर जस्प्रित बुमराहले ३ विकेट लिए । तीन खेलको सिरिजको उपाधि भने भारतले एक खेल अगावै जितेको थियो । भारत यसअघि पहिलो खेलमा ५ विकेट र दोस्रो खेलमा ९९ रनले विजयी भएको थियो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

न्यूज अपडेट

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved