एम्बुलेन्स मागका लागि निवेदन दिन गाउँपालिकालाई काठमाडौं महानगरको आह्वान

नेपालभ्युज

एम्बुलेन्स मागका लागि निवेदन दिन गाउँपालिकालाई काठमाडौं महानगरको आह्वान

काठमाडौं । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ को बजेट घोषणाअनुसार ३५ वटा गाउँपालिकालाई एम्बुलेन्स वितरण गर्नका लागि प्रक्रिया अघि बढाएको छ ।

महानगर स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलका अनुसार एम्बुलेन्स मागका लागि इच्छुक गाउँपालिकाले  निवेदन दिन सक्नेछन्। महानगरले जारी गरेको सूचनाअनुसार कार्यपालिकाको निर्णयसमेत अनलाइन अपलोड गरी २५ असोजसम्ममा एम्बुलेन्स माग गर्न सकिनेछ ।

यसअघि, आर्थिक वर्ष २०८०/८१ को बजेटमा देशभरका ३५ वटा गाउँपालिकालाई मागको आधारमा एम्बुलेन्स उपलब्ध गराउने घोषणा महानगरले गरेको थियो ।

सोहीअनुसार माग भएका निवेदनका आधारमा निश्चित मापदण्डभित्र छनोट भएका गाउँपालिकाहरूलाई नियमअनुसार एम्बुलेन्स उपलब्ध गराउने महानगरले जनाएको छ । महानगरले एम्बुलेन्स खरिदका लागि ७ करोड रुपैयाँ बजेट छुट्टाएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved