भाषा-साहित्यको माध्यमबाट समाजमा योगदान गरेका विभिन्न व्यक्तित्वहरू सम्मानित

नेपालभ्युज

भाषा-साहित्यको माध्यमबाट समाजमा योगदान गरेका विभिन्न व्यक्तित्वहरू सम्मानित

काठमाडौं। पण्डित काशीनाथ उपाध्याय–हरिप्रिया कट्टेल वाङ्मय प्रतिष्ठान धरानले आफ्नो बाह्रौं वाषिकोत्सवका अवसरमा भाषासाहित्यको माध्यमबाट समाजमा योगदान गरेका विभिन्न व्यक्तित्वलाई पुरस्कृत गरेको छ ।

आज काठमाडौंमा आयोजित कार्यक्रममा महेन्द्र संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति आचार्य पूर्णचन्द्र ढुङ्गेल र प्राडा. दयाराम श्रेष्ठ ‘सम्भव’लाई रू २१ हजार राशिको वाङ्मय पुरस्कार प्रदान गरिएको हो । भाषाविद् प्राडा. माधवप्रसाद पोखरेलले ती स्रष्टालाई ती पुरस्कार प्रदान गरेका हुन् ।

उनले रू २१ हजार राशिकै साहित्यकार प्रभा भट्टराईलाई हरिप्रिया कट्टेल प्रतिभा पुरस्कार तथा कुशेश्वर गुरुकुलम् रामेछापलाई कमलापति डम्बरकुमारी वाङ्मय पुरस्कार प्रदान गरे । सोही कार्यक्रममा पिण्डेश्वर विद्यापीठ धरानका दुईजना छात्रलाई रू १५ हजार राशिको मेधावी पुरस्कार प्रदान गरियो ।

कार्यक्रममा प्रतिष्ठानका संस्थापक प्राध्यापक नारायणप्रसाद कट्टेलद्वारा लिखित ‘जीवन तरङ्ग’ काव्यको विमोचन गरिएको थियो । सम्मानित व्यक्तित्वबारे प्राडा. सनतकुमार वस्ती र प्रा कोषराज न्यौपानेले चर्चा गरेका थिए भने विमोचित कृतिको समीक्षा भाषाविद् शरद्चन्द्र वस्तीले गरेका थिए ।-रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved