रोल्पा पुगे रवि, ८४ को चुनावमा भत्काउलान् त माओवादी किल्ला ?

रविले रोल्पामा पुगेर स्थानीयसँग भेटघाट गरेको फोटो सञ्जालमा आइरहेको छ। त्यो देखेर कतिपयले भनेका छन्, ‘२०८४ को चुनावमा घण्टीले भत्काउला त माओवादीको किल्ला ?

नेपालभ्युज

रोल्पा पुगे रवि, ८४ को चुनावमा भत्काउलान् त माओवादी किल्ला ?

काठमाडौं। माओवादी विद्रोहले रोल्पालाई अनौठोसँग विकासमा पछाडि पार्‍यो। किनकि २०५२ देखि २०६३ सालसम्म रोल्पाका गाउँहरूमा सरकारी उपस्थिति नै भएन।

रक्तपात मच्चियो। महिलाहरू एकल भए, सन्तानहरू टुहुरा र अनाथ भए। कोही अपाङ्ग बने, यस्तै यस्तै।

यहीबीचमा रोल्पालीले खोजे जस्तै विभिन्न चरण पार गर्दै आयो गणतन्त्र। रोल्पाली खुसीले नाचे, गाए ।  गुमेका आफन्तको सपना साकार हुने अनुमान गरे।

यत्तिकैमा २०६४ मा संविधानसभा चुनाव भयो। क्षेत्र नम्बर १ बाट नेकपा माओवादी नेतृ जयपुरी घर्ती २६ हजार ५ सय ५ मतले विजयी हुँदै सिंहदरबार छिरिन् । २ नम्बरबाट सोही पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ३४ हजार २ सय २० मत ल्याएर चुनाव जिते।

रवि- स्वर्णिमहरूको जितको अर्थ !

२०६५ को उपचुनावमा १४ हजार २ सय ८७ मत घटाएर १९ हजार ९ सय ३३ मा चित्त बुझाउन बाध्य भयो, माओवादी ।

२०६४ मा २१ हजार ५ सय ५९ मत अन्तरले क्षेत्र नम्बर १ मा जितेको माओवादीले २०७० सालमा भएको दोस्रो संविधानसभा चुनावमा जम्मा ११ हजार ४ सय ७ मत पायो। क्षेत्र नम्बर २ मा प्रचण्डले २८ हजार १ सय ९१ मत अन्तरले जितेकोमा ७० मा आइपुग्दा १४ हजार ९ सय ६४ मा चित्त बुझाउनु परेको थियो।

२०५४ सालयता कुनै पनि निर्वाचन जित्न नसकेको नेकपा एमालेले २० वर्षपछि रोल्पामा चुनाव जित्न सफल भयो, स्थानीय तहमा।

कांग्रेसले पनि जित्यो। १० स्थानीय तहमध्ये दुईमा एमाले र एउटामा कांग्रेसले विजय हासिल गर्‍यो। माओवादीको गढ मानिएको थवाङ र सुनछहरीमा स्वतन्त्रका उम्मेदवारले जिते।

संसद्‌मा रवि लामिछानेको ‘कम्ब्याक’

हरेक संसदीय चुनावमा माओवादीले जित्दैआएपनि मत भने घट्दै गइरहेको छ।

रोल्पामा अबको चुनावमा कांग्रेस आफ्नो विरासत फर्काउने ध्यानमा छ, माओवादी विरासत जोगाउने। एमाले पनि चुनाव जित्ने प्रयत्नमा रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी पनि रोल्पा पसेको छ। सभापति रवि लामिछाने सङ्गठन बिस्तार गर्दै रोल्पाका गाउँगाउँ डुलिरहेका छन्।

दर्जन बढी रोल्पालीहरू नेकपा माओवादीका केन्द्रीय सदस्य बनिसकेका छन्। २०६४ पछि रोल्पालाई लगातार लालकिल्ला बनाउँदै आएको माओवादी निरन्तर सत्तामा छ। सत्तामा पुगेको लामो समयसम्म आफूहरूले सोचे अनुसारको कुनै पनि आशा पुरा नहुँदा रोल्पाली निराश छन्।

गणतन्त्रपछिका विभिन्न कालखण्डमा रोल्पाली नेता कृष्णबहादुर महरा पटकपटक मन्त्री बन्दै सभामुखसम्म बने। ओनसरी घर्ती पटक–पटक मन्त्री हुँदै सभामुख बनिन्। नन्दबहादुर पुनः दोस्रोपटक उपराष्ट्रपति बने।

कांग्रेस छाडेको २५ दिनमै सांसद बने स्वर्णिम

वर्षमान पुन अघिल्ला सरकारमा प्राय मन्त्री छुट्दैनथे। तर कसैले पनि रोल्पाको जनजीविकामा चासो नदिएको रोल्पाली मतदाताको गुनासो छ।

पुराना दलहरूको कार्यशैलीप्रति वितृष्णाबीच उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले २०७९ को चुनावमा ६ महिनामै संसद् यात्रा तय गरेको थियो।

पहिलो निर्वाचनबाटै यो पार्टी राष्ट्रिय दल मात्रै बनेन, संसद्को चौथो शक्तिका रूपमा पनि स्थापित भयो।

पत्रकारिताबाट समाज रूपान्तरण, पारदर्शिता र सुशासनको वकालत गरिरहेका सभापति रवि लामिछाने आफैँ विकट जिल्ला रोल्पा पुगेर सङ्गठन बनाइरहेका छन्।

जनताले हदैसम्मको संर्घष गरेर नयाँ संविधान बनाएको ८ वर्ष पुगिसकेको तर प्रमुख दलहरू जनताको अवस्था परिवर्तनमा चुकेको भन्दै रोल्पाबाटै रविले असन्तुष्टि जनाएका छन्। उनले फेसबुकमा जनताले राजनीतिक नेतृत्वबाट धोका पाएको महसुस गरेकाे लेखेका छन्।

उनले रोल्पा पुगेर स्थानीयसँग भेटघाट गरेको फोटो सञ्जालमा आइरहेको छ। त्यो देखेर कतिपयले भनेका छन्, ‘२०८४ को चुनावमा माओवादीको एकल सत्ता भत्काउला त घण्टीले?’

राष्ट्रिय राजनीतिमा रविको उदय !

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved