चन्द्रमासँग जोडिएका रोचक कुरा

नेपालभ्युज

चन्द्रमासँग जोडिएका रोचक कुरा

एजेन्सी । चन्द्रमालाई मामा पनि भनिन्छ । यो कुरा त प्रायः सबैलाई थाहा छ । बच्चाहरुलाई बुवाआमाले सिकाउने चन्द्रमासम्बन्धी पहिलो कुरा नै यही होला । तर धेरैलाई चन्द्रमासँग जोडिएका केही रोचक कुराहरू थाहा नहुन सक्छ । आज हामी त्यस्तै चन्द्रमा सम्बन्धी रोचक जानकारी दिनेछौं ।

– यो कुरा धेरै कम मानिसलाई थाहा होला, चन्द्रमाको माटोको वासना बारुदको जस्तो हुन्छ ।

– चन्द्रमाको कुल तौल करिब ८१ अरब टन हुन्छ ।

– चन्द्रमाको एरिया यानिकी क्षेत्रफल करिब अफ्रिकाको क्षेत्रफल बराबर छ ।

– सन् १९५० मा अमेरिकाले रुसलाई आफ्नो शक्ति देखाउनका लागि चन्द्रमालाई एटम बमले उडाउने एउटा योजना बनाएको थियो ।

– यदि, चन्द्रमा भएन भने पृथ्वीमा केवल ६ घण्टाका लागि मात्र दिन हुनेछ ।

– चन्द्रमामा अपोलो मिसनबाट जम्मा २४ जना अमेरिकन एस्ट्रोनटहरू पुगेका छन्, तीमध्ये १२ जना चन्द्रमामा हिँडेका छन् ।

– चन्द्रमा दिउँसोको समयमा औसत तापक्रम १३४ डिग्री सेल्सियस हुन्छ भने रातमा तापक्रम माइनस १५३ डिग्री सेल्सियस हुन्छ ।

– तपाईंलाई थाहा छैन होला, चन्द्रमामा पनि भुकम्प जान्छ जसलाई मुनक्वायक भनिन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved