धरानका उपप्रमुख बेघाको घरमा आक्रमण गर्ने पक्राउ

नेपालभ्युज

धरानका उपप्रमुख बेघाको घरमा आक्रमण गर्ने  पक्राउ

काठमाडौं ।  धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्रविक्रम बेघाको घरमा आक्रमण र तोडफोड गर्ने एक जनालाई  प्रहरीले पक्राउ गरेको छ ।

सुनसरी प्रहरीका अनुसार घटनामा संलग्न एक जनालाई पक्राउ गरिएको र थप व्यक्ति पनि  पक्राउ पर्नेछन्  ।

घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । राजनीतिक कारण भन्दा विवादको अरू नै कारण रहेको बताइएको छ ।

मंगलबार बेलुका धरान–१५ स्थित बेघाको घरमा भएको  तोडफोडबाट उनका कान्छा भाइ विष्णु घाइते भएका छन् । उनको  बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved