कोरियाबाट ल्याएर जाँड खान हुने, नेपालमै बनेको जाँड कसरी अवैध ? : मुख्यमन्त्री चौधरी  

“कोरियाको जाँड नेपाल आउँछ, त्यो सबैले खान मिल्ने”, उनले भने, “यहाँको जाँड त्यहाँ बेच्न नमिल्ने ?” उनले स्थानीय उत्पादनलाई ब्रान्डिङ गरेर बजारीकरण गर्ने गरेको बताए ।

नेपालभ्युज

कोरियाबाट ल्याएर जाँड खान हुने, नेपालमै बनेको जाँड कसरी अवैध ? : मुख्यमन्त्री चौधरी   

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले नेपालमा बनेको जाँडलाई ब्रान्डिङ गरेर विदेश निर्यात गर्नुपर्ने बताएका छन् ।

दाङको भालुवाङमा आयोजित प्रदेशस्तरीय नागरिक शिखर सम्मेलनमा उनले सरकारले जाँड बनाएर निर्यात गर्नका लागि बजेटको व्यवस्था समेत गरेको बताए ।

“कोरियाको जाँड नेपाल आउँछ, त्यो सबैले खान मिल्ने”, उनले भने, “यहाँको जाँड त्यहाँ बेच्न नमिल्ने ?” उनले स्थानीय उत्पादनलाई ब्रान्डिङ गरेर बजारीकरण गर्ने गरेको बताए ।

साथै उनले कोइलाबास नाका खुलाउनेतर्फ ध्यान दिनुपर्ने आफूले पहल अगाडि बढाएको बताए । उनले नेपाललाई धार्मिक, पर्यटन र आर्थिक सुधार गर्नुपर्ने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved