सुतेको बेला मुखबाट र्‍याल किन आउँछ ?

नेपालभ्युज

सुतेको बेला मुखबाट र्‍याल किन आउँछ ?

एजेन्सी । के रातमा सुतेको बेला तपाईंको मुखबाट पनि र्‍याल आउँछ ? यो समस्या विभिन्न कारणले हुने गर्छ । यो सामान्य कुरा हो तर यसको पछाडि धेरै कारणहरु छन् । आउनुहोस् जानौं रातमा सुतेको बेला मुखबाट र्‍याल आउनुका कारण–

– बढ्दो उमेरको कारणले कैयौं प्रकारका विमारी तथा स्वास्थ्य समस्याहरु हुन थाल्छन् । यसमा रातमा सुतेको बेला मुखबाट थुक वा र्‍याल आउने पनि सामेल छ । बुढ्यौलीमा मुखभित्रको छाला रुखो हुन थाल्छ, जसले गर्दा थुक निस्कन थाल्छ ।

– स्वाससँग जोडिएका समस्या जस्तै अस्थमा वा दम, फोक्सोमा कुनै विमारीका कारणले पनि रातमा सुतेको बेला मुखबाट थुक निस्कने गर्छ ।

– घाँटी खराब भएको बेला वा पोलेको बेला पनि र्‍यालआउने गर्छ । त्यसैले समयमै घाँटीसँग जोडिएको समस्याको उपचार गर्नुहोस् ।

– पानी पिउनु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । तर आवश्यक भन्दा धेरै पानी पिउनु पनि स्वास्थ्यका लागि नोक्सानदायक हुन सक्छ । रातमा धेरै पानी पिउने गरेमा पनि मुखबाट र्‍याल आउने समस्या हुन्छ ।

– मानसिक तनावका कारण कैयौं प्रकारका समस्या हुन थाल्छन् । जब तपाईं तनावमा हुनुहुन्छ, त्यस्तोबेला पनि रातमा मुखबाट र्‍याल आउन थाल्छ । त्यसैले भनिन्छ तनाव लिनु स्वास्थ्यका लागि हानिकारक हुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

न्यूज अपडेट

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved