तस्वीरमा हेर्नुहोस् एसिया कपमा भारतसँग भिड्न तयार नेपाली टोली

नेपाल र भारतबीचको खेल श्रीलंकाको पाल्लिकेमा दिउँसो सवा ३ बजे सुरु हुँदैछ । नेपाली क्रिकेटको सिनियर टोलीले पहिलोपटक भारतको सिनियर टोलीसँग एकदिवसीय खेल्न लागेको हो ।

नेपालभ्युज

तस्वीरमा हेर्नुहोस् एसिया कपमा भारतसँग भिड्न तयार नेपाली टोली

काठमाडौं। एसिया कप क्रिकेटमा नेपालले आज भारतसँग खेल्दैछ ।

नेपाल र भारतबीचको खेल श्रीलंकाको पाल्लिकेमा दिउँसो सवा ३ बजे सुरु हुँदैछ । नेपाली क्रिकेटको सिनियर टोलीले पहिलोपटक भारतको सिनियर टोलीसँग एकदिवसीय खेल्न लागेको हो ।

आजको खेलमा नेपालभन्दा भारत धेरै दबाबमा हुनेछ । किनकि, नेपालले एसिया कपलाई आफ्नो उपाधि दाबेदारीको विषय बनाएको छैन । तर, भारत भने अहिलेसम्म ७ पटक उपाधि जितेको टोली हो र उसले उपाधिको दाबी गरिरहेको छ ।

आजको खेलमा नेपाल विजयी भएमा भारत बाहिरिनेछ । तर, खेल रद्द भएर १ अंक पाएमा वा विजयी भएमा भने भारत नै अघिल्लो चरणमा पुग्नेछ । भारतका बल जसप्रित बुमराहले आजको खेल गुमाउने भएकाले पनि भारतले दबाब अनुभव गरिरहेको छ ।

यस्तै, भारतसँगको खेलको लागि नेपालले गरेको तयारी नेपाल क्रिकेट संघ क्यानले सार्वजनिक गरेको छ। नेपाली टोलीले भारतसँग प्रतिस्पर्धा गर्न अगाडि गरेको तयारीमा मुख्य प्रशिक्षक मोन्टी देशाईं र क्रिकेट म्यानेजर विनोद दासको पनि उपस्थिति देख्न सकिन्छ।

तयारीका केही तस्वीर :

(तस्वीर स्रोतः नेपाल क्रिकेट संघ क्यान/फेसबुक)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved