कांग्रेस संस्थापन पक्षलाई ‘रुपान्तरणवाला’को चुनौती, घोषणा भयो ‘राष्ट्रव्यापी अभियान’

नेपालभ्युज

कांग्रेस संस्थापन पक्षलाई ‘रुपान्तरणवाला’को चुनौती, घोषणा भयो ‘राष्ट्रव्यापी अभियान’

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षलाई चुनौती दिँदै रुपान्तर पक्षधरले ‘राष्ट्रव्यापी अभियान’ घोषणा गरेको छ ।

‘समुदायमा कांग्रेसः राष्ट्रव्यापी अभियान’लाई स्थगित भएपछि पार्टीलाई चुनौती दिँदै ‘रुपान्तरणवाला’ले ‘राष्ट्रव्यापी अभियान’ घोषणा गरेका हुन् ।

केन्द्रीय समिति बैठकले निर्णय गरेको अभियान स्थगित भएपछि रिसाएका गैरसंस्थापन पक्षका नेताहरुले नयाँ कार्यक्रम घोषणा गरेका हुन् ।

पार्टीले बर्खा नसकिएको र संसद पनि चलिरहेको भन्दै राष्ट्रव्यापी अभियान स्थगित गरेको थियो । तर कांग्रेस रूपान्तरण पक्षधरले भने शनिबार काठमाडौंमा बैठक गरेर निर्वाचन क्षेत्र केन्द्रित राष्ट्रव्यापी अभियान गर्ने निर्णय गरेको हो ।

पार्टीलाई थप गतिशील बनाउन र रूपान्तरण गर्नका लागि १६५ निर्वाचन क्षेत्रमा कार्यक्रम गर्न लागिएको रुपान्तरण पक्षधर नेताहरुले बताएका छन् ।

अभियानअन्तर्गत यही भदौ २४ गतेदेखि कात्तिक २४ गतेसम्म ७७ जिल्ला, १६५ प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा रूपान्तरण अभियान सञ्चालन हुनेछ ।

मंसिरमा हुने कांग्रेस महासमिति बैठकलाई लक्षित गरेर रूपान्तरण पक्षले निर्वाचन क्षेत्र केन्द्रित कार्यक्रम गर्न लागेको हो ।

रूपान्तरण पक्षले गत जेठमा सातै प्रदेश भेला गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved